धामीले घरमा नबस्नु भनेपछि हायू परिवारले घर छाडेको बयान

0 Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिलासहित उनका परिवारका १६ जना पोखरा महानगर ३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ,’ उनले भने, ‘उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुु भएको रहेछ ।’

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए ।

उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरूले मध्यराति घर छाडेर हिँडेका थिए ।

सिन्धुलीबाट बेपत्ता परिवार पोखरामा भेटिए

प्रहरीसँग हायू परिवारको बयान, ज्यामी गर्ने-घर नफर्किने

सिन्धुलीबाट बेपत्ता परिवार कसरी पुगे पोखरा ?

सरकारले जनही भत्ता दिने हायू जातिको संख्या कति?

बेपत्ता हायू परिवारका छोरी सम्पर्कमा, पोखराको होटलमा बसेको पुष्टी

सम्बन्धित समाचार