सरकारले जनही भत्ता दिने हायू जातिको संख्या कति?

0 Shares

काठमाडौं । जंगलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्सा घर जलेको छ ।

१६ जनाले भरिएको त्यो घर शून्य बनाएर गएको परिवार पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हुँदा अधिकांश मानिस आश्चर्यमा परेका थिए ।

श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायू (आमा)को छत्रछायाँमा परिवार चलेको थियो । यही परिवार चार दिनदेखि बेपत्ता थिए ।

प्राप्त जानकारीअनुसार साउन ५ गते परिवारका १६ जनाले खुर्कोटमा रहेको हिमालयन बैंकबाट तीन महिनाको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । उनीहरूले साउन ८ गते सामाजिक भत्ताको कार्ड नवीकरण गरेका थिए ।

लोपोन्मुख जाति भएकाले सरकारले हायूलाई प्रतिव्यक्ति मासिक तीन हजार ९९० का दरले भत्ता दिँदै आएको छ ।

हायू जाति नेपाल सरकारद्वारा लोपोन्मुख आदिवासी जनजातिको सूचीमा सूचीकृत छ । २०७८ को जनगणनाअनुसार यो जातिको जनसंख्या जम्मा तीन हजार ६९ मात्र छ ।

सम्बन्धित समाचार