बझाङमा भीरबाट खस्यो अटो, तीन जनाको मृत्यु

0 Shares

काठमाडौं । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्।

सोमबार बुंगल नगरपालिका-१० टुमेडा गाउँबाट बुंगल-११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु. प. प्र. ०१००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको हो। ब्रेक फेल भएर सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार दुर्घटनामा बुंगल नगरपालिका-१० की ४० वर्षीया राजमती महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना सम्पर्कविहीन रहेका तिमिल्सैनाले बताए। अटो चालक बुंगल नगरपालिका-१० का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सम्पर्कविहीन भएका दुई यात्रुको खोजी भइरहेको छ। अटोमा चालकसहित ६ जना सवार थिए। ।

सम्बन्धित समाचार