विश्व विजेता श्रीलंका विश्वकपबाट बाहिरियो

0 Shares

काठमाडौं । टी २० क्रिकेटको विश्व विजेता टोली श्रीलंका जारी विश्वकपबाट बाहिरने पहिलो राष्ट्र बनेको छ । वर्षाका कारण नेपालसँगको खेल रद्द भएसँगै श्रीलंका बाहिरिएको हो ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको खेल लगातारको वर्षापछि रद्द भएको थियो । खेल रद्द भएसँगै नेपाल र श्रीलंका दुवै टोलीले एक-एक अंक बाँडेका थियो ।

नेपालसँग खेल नखेलेको श्रीलंका एक खेलअगावै विश्वकपबाट बाहिरिएको हो । यसअघि श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।

श्रीलंकाले आगमी खेल जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ । यो खेलमा विजयी भए पनि उसको जम्मा ३ अंक हुने भएकाले पहिले नै विश्वकपबाट बाहिरिने निश्चित बनेको हो ।

सन् २०१४ मा विश्वकपको उपाधि उचालेको श्रीलंका दुई पटक उपविजेता बनेको छ ।

यो पनि पढ्नुहोस्

सम्बन्धित समाचार