एक बल नखेली नेपाल र श्रीलंकाको खेल रद्द

0 Shares

काठमाडौं । नेपालले टी २० विश्वकपअन्तर्गत आज श्रीलंकाविरुद्ध खेल रद्द भएको छ । लगातार वर्षाका कारण खेल रद्द भएको हो ।

समूह डीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको थियो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम खेल बिहान ५ः१५ बजेदेखि शुरु हुँदै थियो ।

वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले एक-एक अंक पाएको छ । अब नेपाल आफ्नो बाँकी खेल खेल्न अर्को आयोजक राष्ट्र वेष्ट इण्डिज जाने छ । त्यहाँ टोलीले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न छ ।

यी खेलहरू खेल्न सन्दीप लामिछाने वेष्ट इण्डिज पुगिसकेको छ । उनलाई अमेरिकाले भिसा नदिएपछि दुई खेलमा सहभागी हुन पाएका थिएनन् ।

यो पनि पढ्नुहोस्

सम्बन्धित समाचार