नेपाल र श्रीलंकाबीचको खेल वर्षाले ढिलाइ, खेल रद्द भए के हुन्छ ?

0 Shares

काठमाडौं । नेपालले टी २० विश्वकपअन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । समूह डीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५ः१५ बजेदेखि शुरु हुँदै थियो ।

वर्षाका कारण खेल ढिला सुरु हुँदै छ । वर्षाले खेल नहुने अवस्था आए दुई टोलीले एक-एक अंक बाड्ने छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले हार बेहोरेको थियो ।

त्यस्तै श्रीलंकाले लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समूह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था छ । यस समूहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ । सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ ।

सम्बन्धित समाचार