काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’मा अभिनेत्री रश्मिका मण्डन्नाको इन्ट्री भएको छ ।
निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’मा सलमानको अपोजिटमा स्वागत गर्छौं ।’
सिकन्दरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाईं मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो, सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’
यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बीर भाइरल भएको छ । यो फिल्म ‘सिकन्दर’को सेटको हो । जहाँ सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपि, यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दै छन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्ने छन् । साजिद नाडियाडवाला यसको निर्माता हुने छन् ।