आयोन ईभीमा आगो लागेको घटना : कारण पत्ता लगाउन प्राविधिकसँग छलफल गर्दै प्रहरी

0 Shares

काठमाडौं । शुक्रबार चितवनको भरतपुरमा गुड्ँदै गरेको आयोन ईभीमा आगो के कारणले लाग्यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता समेत रहेका डीएसपी चन्द्र भूषण यादवका अनुसार के कारणले आगो लाग्यो भनेर प्रहरीले अनुसन्धान सुरु गरिरहेको बताए ।

उनका अनुसार उक्त घटना अलिक टेक्निकल भएकाले प्रहरीले प्राविधिकहरुसँग छलफल गर्दै छ । उनले भने, ‘हामी यसबारेमा अनुसन्धान गर्दै छौँ । विषय टेक्निकल भएकाले हामीले प्राविधिकसँग पनि छलफल गर्दै छौँ ।’

नेपालमा ईभीका विशेषज्ञहरूको संख्या कम नै छ । नेपालमै भएका विशेषज्ञहरूसँग यस उक्त घटनाको विषयमा जानकारी लिने र आवश्यक परे विदेशी विशेषज्ञहरू पनि हायर गर्न सकिने उनले बताए ।

शुक्रबार भरतपुरमा गुडिरहेको आयोन ब्राण्डको ईभीमा आगलागि हुँदा एक जनाको मृत्यु भएको थियो । झ्याल नखुलेपछि गाडिभित्रै जलेर ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार