काठमाडौँ। ‘गौंथली’ अहिलेसम्म सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ यसवर्षकै धेरै कमाउने नेपाली फिल्म बनेको हो ।
फिल्मले शुक्रबार मध्यान्हसम्म देशब्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत ‘गौंथली’ ले स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ को नाममा रहेको रेकर्ड पनि तोडेको छ। यसअघि यस वर्षको धेरै कमाउनेमा ‘लालीबजार’ थियो। यही गति कायम रहे फिल्मले ‘जारी’को कमाइलाई आगामी सातासम्म उछिन्ने प्रक्षेपण गर्न सकिन्छ । ठूला फिल्म पनि नभएको र बलियो वर्ड अफ माउथ प्राप्त भएकाले ‘गौंथली’को कमाइको गति तत्काल रोकिने छाँटकाँट छैन ।
डा. भोला रिजालको कथामा रहेको ‘गौंथली’ सुमन गिरी र डा. कपिल रिजालले निर्माण गरेका हुन्। फिल्ममा अरूण क्षेत्री र सिम्रन खडकासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सीतादेवी तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ।