0
Shares
बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट नेपालमा ठुलो मात्रामा जनधन क्षति भएको छ।
यसप्रति बलिउडका चर्चित अभिनेता सोनु सुदले पनि दुःख व्यक्त गर्दै आफू नेपालको साथमा रहेको बताएका छन्।
बाढीपीडितलाई खानादेखि आश्रयसम्म सहयोग गर्ने उनले जानकारी दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदै छौँ।’
उनको उक्त पोस्टमा कलाकारदेखि सर्वसाधारणसम्मले धन्यवाद दिएका छन्।
भारतमा सोनु निकै सहयोग गर्ने कलाकारका रूपमा चिनिन्छन्।
सन् २०२० मा कोरोना महामारीका बेला भारतमा लकडाउन भएपछि उनले घर फर्किन चाहने नेपाली मजदुरका लागि आफ्नो निजी खर्चमा बस, रेल तथा विमानको व्यवस्था गर्नुका साथै खाना र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराएका थिए।