सुटिङको क्रममा घाइते भइन् रश्मिका मन्दाना

0 Shares

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना सुटिङका क्रममा घाइते भएकी छन् ।

एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर ((हिप)मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिकित्सा परीक्षण पछि, उनलाई छ हप्ता पूर्ण रूपमा आराम गर्न र त्यसपछि निर्धारित पुनर्वास कार्यक्रम सुरु गर्न सल्लाह दिइएको छ । आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।

रिपोर्टका अनुसार, रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ । यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ । रश्मिका हाल ‘रणबाली’ र ‘मैसा’ जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन् ।

सम्बन्धित समाचार