‘आइइसी डिजाइनर रनवे’को र्‍याम्पमा देखिए चर्चित सेलिब्रेटी

0 Shares

काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियङ्का रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार साँझ आयोजित १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् ।

2

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शो भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता थियो । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

4

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहेको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

5

शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा फेसन शो भएको थियो ।

434823258_719647626989426_4373279077602259403_n

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् ।

3434716041_719647700322752_622394648474965507_n

सम्बन्धित समाचार