राजनीतिमा आउनेबारे के भन्छिन् अभिनेत्री सारा ?

0 Shares

बलिउड अभिनेत्री सारा अली खान अभिनीत फिल्म ‘मर्डर मुबारकु र ‘ए वतन मेरे वतनु ओटिटीमा रिलिज भएको छ। यी दुई फिल्ममा सारा फरक भूमिकामा देखिएकी छन्।

१५ मार्चमा रिलिज भएको ‘मर्डर मुबारकु एक सस्पेन्स थ्रिलर फिल्म हो। २१ मार्चमा रिलिज भएको फिल्म ‘ए वतन मेरे वतनु मा साराले स्वतन्त्रता सेनानी उषा मेहताको भूमिका निर्वाह गरेकी छन्। हालै एक अन्तर्वातामा उनले राजनीतिको विषयमा कुराकानी गरेकी छन्।

नेटफ्लिक्स इन्डियालाई दिएको अन्तर्वार्तामा उनलाई ‘राजनीतिमा आउने चाहन्छौं ?’ भनेर प्रश्न गरिएको थियो। जबाफमा उनले भनिन्, ‘हजुर म भविष्यमा राजनीतिमा आउन सक्छु।’ साराले कोलम्बिया युनिभर्सिटीबाट इतिहास र राजनीति विज्ञान पढेकी हुन्। साराले यसअघि पनि आफूलाई राजनीतिमा रूचि भएको बताएकी थिइन्।

सन् २०१९ मा दिएको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मैले इतिहास र राजनीति विज्ञान पढेको छु। कहिले न कहिले राजनीतिमा आउन सक्छु।’सारा आगामी फिल्म ुमेट्रोस् इन दिनोुं मा देखिनेछिन्। यो फिल्मलाई अनुराग बासुले निर्देशन गरेका हुन्।

सम्बन्धित समाचार