काठमाडौं । कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म सुरु हुँदै छ । यस वर्षको एसईईको परीक्षा चैत १९ गते सुरु भएको एक महिनाभित्रै आउने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिनाभित्र प्रकाशित गर्न निर्देशन दिएका हुन् । उनले निर्देशन दिएपछि एक महिनाभित्रै नतिजा प्रकाशित गर्न धमाधम उत्तरपुस्तिका जाँच्ने काम भइरहेको छ ।
आगामी वैशाख १४ गतेदेखि सुरु हुने कक्षा १२ को नतिजा पनि एक महिनाभित्रै प्रकाशित गर्न निर्देशन दिएको छ । यस वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुँदै छन् । तर, राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले एक महिनाभित्र नजिता निकाल्न कठिन हुने एक पूर्वकर्मचारीले बताए ।
देशभरिका कापी काठमाडौं ल्याएर कोडिङ गरेर जाँच गरे एक महिनामा नतिजा निकाल्न सम्भव छैन । गुजराती मोडलमा जहाँको कापी त्यहीँ कोडिङ गरेर जाँच गरे एक महिनाभित्र नतिजा निकाल्न सकिन्छ । यसका लागि सेन्टर किन्ने र प्रश्नपत्र बाहिरिने प्रवृतिलाई रोक्न कठिन देखिएको छ ।
‘गुजरात मोडलमा जहाँ उत्तरपुतिका छन्, त्यहीँ कोड गर्ने जाँच्ने भएमा सकिन्छ, नभए एक महिनाभित्रै नतिजा निकाल्न कठिन छ,’ ती कर्मचारीले भने, ‘तर, यसरी उत्तरपुस्तिका जाँच गर्दा सबैभन्दा बढी समस्या काठमाडौँ उपत्यकाका उत्तरपुस्तिकको हुन्छ, यहाँ सेन्टर किन्नेदेखि लिएर प्रश्नपत्र आउट गर्ने गर्छन्, जसका कारण परीक्षा निष्पक्ष हुँदैन ।’
काठमाडौँ उपत्यकाका निजी स्कुलका विद्यार्थीको उत्तरपुस्तिका बाहिर पठाउनै पर्छ । परीक्षालाई मर्स्यादित बनाउन एक जिल्लाबाट अर्को जिल्ला वा प्रदेशसम्म पठाएर कोडिङ गरेर जाँच्ने व्यवस्था गनुपर्ने ती कर्मचारीले बताए ।
एसईईदेखि कक्षा १२ सम्मको परीक्षाको सेटिङ नभत्काएसम्म परीक्षाको गुणस्तर कायम गर्न कठिन हुने देखिएको छ । निजी स्कुलको नतिजा शतप्रतिशत निकालेर व्यापार गर्ने भएकाले यसमा बोर्डले सेटिँ भत्काउनुपर्ने देखिएको हो ।
यो पनि पढ्नुहोस्