भारी गिरावट आएको सुनको मूल्य सामान्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार भारी गिरावट आएको सुनको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।

योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार