0
Shares
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । लगातारको गिरावटपछि दुई दिन बढेको सुनको मूल्यमा आज भारी गिरावाट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । योसँगै आज चाँदीको मूल्य ३ हजार १०५ रुपैयाँ कायम भएको छ ।