स्रोत नखुलेको साढे ५० लाख रुपैयाँसँगै विदेशी मुद्रासहित दुई जना पक्राउ

0 Shares

काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौंका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

उनीहरूबाट नेपाली ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको छ ।

सम्बन्धित समाचार