0
Shares
काठमाडौं । अवैध साढे दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् ।
उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए । प्रहरीले थप विवरण खुल्न बाँकी छ ।