0
Shares
काठमाडौँ । दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित भएको छ । प्रहरी महानिरीक्षक मनोजकुमार केसीले म्याद नबुझ्दा आजको सुनुवाइ प्रभावित भएको हो । अन्य विपक्षीले म्याद बुझे पनि आईजीपी केसीले म्याद नबुझेका हुन्।
आईजीपी केसीले म्याद बुझ्न बाँकी रहेको देखिएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयले महान्यायाधिवक्तालाई इजलासमै बोलाएर म्याद बुझ्ने सुनिश्चितता गर्न भनेका छन्।
केसीले म्याद बुझेपछि सुनुवाइको मिति तय हुनेछ । यसअघि गत मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा बोलाउने आदेश गरेको थियो।