प्रधानमन्त्री शाहले सुरु गरे भारतीय समकक्षीसँग भेटवार्ता

0 Shares

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरू सुरु भएको छ । यसैबीच उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘हैदराबाद हाउस’ मा भेटवार्ता सुरु गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि दिउँसो १२ः२५ बजे ‘हैदराबाद हाउस’मै समझदारी पत्र (एमओयू)हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ । सोमबार बिहान शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिएको थियो ।

त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । दिनभर कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४ः५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार