काठमाडौं । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्व पार्टीबाट गडण्की प्रदेश सांसद बनेका फनिन्द्र देवकोटालाई कारबाही गरेको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनलाई कारबाही गरेको हो ।
यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गर्नेबारे जानकारी दिएका थिए । सोहीअनुसार संसद् सचिवालयमा देवकोटालाई कारबाही भएको जानकारी गराएको हो ।

माओवादी केन्द्रको कारबाहीसँगै सांसद देवकोटा पदमुक्त हुने छन् । उनी डा. भट्टराई नेतृत्व पाटी नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद हुन् । तर, उनी माओवादीको चुनाव चिह्न लिएर विजयी भएका थिए ।
देवकोटाले गोरखा २ (क) बाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन् ।
यो पनि पढ्नुहोस्