0
Shares
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ सुन बरामद गरेको हो ।
स्रोतका अनुसार प्रहरीले सुनसहित केही व्यक्तिसमेत पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन । भोलि पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीले जनाएको छ ।