आज किन हुन सकेन कांग्रेस महाधिवेशनमा मतदान?

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय भोलि बिहानसमा सरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने भएको हो ।

केही प्राविधिक कारण र तयारी नपुगेकाले मतदान समय सारिएको जनाएको छ । जारी महाधिवेशनमा चौथो पटक मतदानको समय सारिएको हो ।

निर्वाचन समितिले बुधबार मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी फिर्ता लिने समय थपिँदा बिहीबार बिहान १० बजे तय गरिएको थियो ।

पछि दिउँसो १ बजेका लागि सारिएको थियो । त्यो समयमा पनि तयारी नपुगेपछि २ बजेका लागि सारिएको थियो ।

दिउँसो २ बजे पनि मतदान सुरु हुन नसकेपछि भोलो बिहानसम्म समय सारिएको हो । मतपत्र छपाइमा ढिलो भएपछि शुक्रबार बिहान ७ बजेका लागि सारिएको जनाइएको छ ।

सम्बन्धित समाचार