उपाधि जित्न नेपालले क्यानडालाई थियो १८२ रनको लक्ष्य

0 Shares

काठमाडौं । जारी एक दिवसीय शृङ्खलाको तेस्रो खेलमा बिहीबार उपाधिका लागि नेपाल ‘ए’ले क्यानडा ११ लाई १८२ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा १८१ रन बनाउँदा अलआउट भएको हो ।

यसअघि दुवै टोली एक–एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भयो ।

पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरे । आशुतोषले २८ रन बनाए । अर्जुनले २७ रन बनाए ।

कप्तान सन्दीप जोरा २४ रन बनाए । चौथोँ नम्बरमा क्रिज समाल्न गएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल खाता खोलेनन् ।

रासिद खानले टोलीका लागि १९ रन थपे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बनाए । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका प्रहार गरे ।

क्यानडाका लागि निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २–२ विकेट लिए ।

 

सम्बन्धित समाचार