जब रोनाल्डो चम्किँदा बन्यो विश्व रेकर्ड, पराजित भयो उज्वेकिस्तान

0 Shares

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७ औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

यो खेलमा गोल गरेसँगै सबैभन्दा धेरै ६ वटा फरक फिफा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी बने, क्रिस्टियानो रोनाल्डो।

जितसँगै पोर्चुगल समूह ‘के’को अक तालिकामा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंक तालिकाको अन्तिममा छ ।

सम्बन्धित समाचार