सिनेटबाट इरानविरुद्ध सैन्य आक्रमण रोक्ने प्रस्ताव पारित

0 Shares

काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले पनि इरानविरुद्ध सैन्य आक्रमण रोक्ने प्रस्ताव पारित गरेको छ । अमेरिकी संसद्‌ले अब इरानविरुद्ध युद्ध रोक्न वा अघि बढाउनुअघि स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको हो।
रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा यस प्रस्तावबारे मंगलबार मतदान भएको थियो । तर युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ । यस विषयमा सिनेटमा मंगलबार भएको मतदानमा केही रिपब्लिकन सांसद नै डेमोक्र्याटहरूका पक्षमा उभिएका हुन्।इरानसँगको युद्धप्रति डेमोक्र्याट्ससँगै रिपब्लिकन सदस्यहरूभित्र पनि असन्तोष बढेकाले यस्तो युद्ध रोक्नुपर्ने प्रस्ताव पास भएको बताइएको छ ।

यद्यपि ट्रम्पको पार्टी रिपब्लिकनका दुई सिनेटर मिच म्याककोनेल र डेभ म्याककर्मिक मतदानका बेला अनुपस्थित थिए ।यसैगरी चार रिपब्लिकन सिनेटर र्‍यान्ड पल, लिसा मर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।

यद्यपि यो प्रस्ताव मूलतः प्रतीकात्मक हो, किनभने कंग्रेस संसद् का दुवै सदनले पारित गरे पनि यो राष्ट्रपति ट्रम्पलाई विचारका लागि पठाइने छैन र कानुनी रूपमा बाध्यकारी हुनेछैन।

यद्यपि मतदान महत्त्वपूर्ण छ, किनभने १९७३ को युद्ध शक्ति प्रस्ताव लागु भएयता अमेरिकी संसद्‌का दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने प्रस्ताव पहिलोपटक पारित गरेका हुन्। यो पारित हुनु पनि महत्त्वपूर्ण मानिन्छ, किनभने यसले इरान युद्ध अन्त्य गर्न ह्वाइट हाउसमा दबाब बढाउँछ।

यो मतदानलाई नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन पार्टी भित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार