0
Shares
काठमाडौं । चालू आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५६ करोड बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन् ।
उक्त अवधिमा पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।