0
Shares
काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा उनीहरूबीच भेट भएको हो ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालको भोटेकोशी बाढीका कारण मानव जीवन तथा सम्पत्तिमा भएको ठूलो क्षतिप्रति समवेदन प्रकट गरेका थिए । यस्तै, दुई देशबीचको आर्थिक, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रलाई प्राथमिकतामा राखेर सहकार्य गर्नेमा जोड दिएको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जनाएको छ ।
तीन दिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. वाग्लेले बिहीबार समकक्षी निर्मला सीतारमणसँग भेटे गरेका थिए ।