काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दसैं, तिहार तथा छठ अवसरमा विशेष अफर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ।
अफरअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधा प्राप्त गर्न सक्नेछन्।
यस्तै, ग्राहकले ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्रयाच कार्डमार्फत ५ लाखसम्मको नगद छुट जित्ने अवसरसमेत पाउनेछन्। यसका साथै, हुन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क सडक दस्तुर पनि उपलब्ध गराउनेछ।
हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकलाई थप मूल्य, सुविधा र सहजतासहितको हुन्डाई स्वामित्व अनुभव प्रदान गर्नेछ।
हुन्डाई नेपालले दसैं–तिहार तथा छठ अवसरमा भदौ २३ देखि सबै ग्राहकलाई नजिकैको हुन्डाई सोरुम पुगेर योजनाको लाभ उठाउन आग्रह गरेको छ।