प्रभु बैंकका ग्राहकले मारुती सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट पाउने

0 Shares

काठमाडौं । प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने भएका छन्।

यसका लागि प्रभु बैंक र मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डधारीले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सम्बन्धित प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन्।

सम्झौता सेप्टेम्बर ७, २०२६ देखि लागू भएको हो। यो सुविधा सेप्टेम्बर ६, २०२७ सम्म कायम रहनेछ।

प्रभु बैंकले देशभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाख ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ।

सम्बन्धित समाचार