काठमाडौं । दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपूर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ । साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ ।
यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए। तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए ।
यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन् । यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको छ ।
यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित थिएन । यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ ।
‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको छ । यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ । यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ ।
कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, ‘यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ, हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो ।’
यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो । यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन् । जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ ।