बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो । आइतबार सुन तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँ बढेर आज ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १०० रुपैयाँ थियो ।

सम्बन्धित समाचार