0
Shares
सुनसरी । सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक सोमबार बिहान मृत फेला परेका छन् ।
बराहक्षेत्र नगरपालिका १० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।