चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर B03X’

0 Shares

काठमाडौं । चिनियाँ बजारमा ‘लिपमोटर B03X’ (A10) दोस्रो सर्वाधिक बिक्री हुने सवारीसाधन बन्न सफल भएको छ। लिपमोटरको यो मोडलले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको कम्पनीले जनाएको छ।

B03X ले लिपमोटरको इतिहासमै सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडीको कीर्तिमानसमेत कायम गरेको छ। गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको यो मोडलले केवल १३५ दिनपछि अर्थात् अगस्ट ७, २०२६ मा १ लाख युनिट बिक्रीको आँकडा पार गरेको हो।

बढ्दो लोकप्रियतासँगै B03X लगातार दुई महिनासम्म एकै महिनामा १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअपसमेत बनेको कम्पनीको दाबी छ।

प्रविधि र प्रदर्शनमा केन्द्रित

B03X को तीव्र सफलताको प्रमुख कारण यसको पहुँचयोग्य ईभी सेग्मेन्टमा लक्जरी स्तरको प्रविधि र प्रिमियम सुविधाको संयोजन रहेको कम्पनीले जनाएको छ।

गाडीमा सेग्मेन्टकै अग्रणी १४५ किलोवाटको मोटर, ५५ kWh ब्याट्री र CLTC अनुसार ५०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध छ। त्यस्तै, ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न केवल १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको छ।

इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर प्रयोग गरिएको छ। यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिपसेटसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, B03X मा ५१० लिटरको फराकिलो बुट स्पेस छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १,६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ।

विश्व बजारमा पनि विस्तार

मासेराती, अल्फा रोमियो र प्युजो जस्ता ब्रान्डहरूको मूल अटोमोबाइल समूह ‘स्टेलान्टिस’सँग विश्वव्यापी साझेदारी रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल (NEV) ब्रान्डका रूपमा अघि बढिरहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई र अगस्टमा लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको पनि कम्पनीले जनाएको छ।

विश्वका ४५ भन्दा बढी देशमा फैलिएको २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रको सञ्जालमार्फत लिपमोटरले ग्राहकलाई सेवा तथा बिक्रीपछिको सुविधा उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचार