कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १-० ले पराजित

0 Shares

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । यो जितसँगै कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयतिर डीआर कंगोले खेलमा फर्कन निकै प्रयास गरेपछि सफल भएन।

खेल सकिनै लाग्दा कोलम्बियाले गरेका दुई गोल अफसाइट भएका थिए । यो जितसँगै समूह ‘के’ मा कोलम्बियाले नकआउट चरण पुगेको हो । प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो । पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो । यो समूहको पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ भने कंगोको एक अंक छ । उज्वेकिस्तान भने अंकबिहीन छ ।

सम्बन्धित समाचार