चितवनलाई कर्णालीले दियो १५४ रन पछ्याउने चुनौती

0 Shares

काठमाडौं । हुसैन तलातको अर्धशतक सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५३ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि हुसैन तलातले सर्वाधिक ५१ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

ओपनर अरिफुल इस्लामले ३५ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झाले १८ र पवन सर्राफले १५ रन थपे। दिपक डुम्रे ७, मार्क वाट ६, डेविड मिलर ५, सोमपाल कामी ४ रन बनाउँदै आउट भए।

चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट आफ्नो नाममा गरे।

प्लेअफ पुगिसकेको चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

सम्बन्धित समाचार