काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका ग्राहकले द चौतारीमा ड्रिंक्स तथा बेभरेज खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीमा रूपान्तरण गर्न प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई विद्युतीय भुक्तानीमा आकर्षित गर्न विभिन्न छुट तथा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
डिजिटल कारोबारमा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।
बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सुरु गरेको छ । बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । यसका साथै क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।