एनपीएलमा आज दुई खेल हुँदै, क-कसले मार्ला बाजी?

0 Shares

काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गरेको छ । आफ्नो चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।

जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ । दुई खेलमा विजयी भएको छ । आज जनकपुर लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुने छन् । अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ । अर्को खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।

सम्बन्धित समाचार