0
Shares
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा बन्द हुने भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका ९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द भएको थियो । जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।