0
Shares
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियारले छापा मारेको छ । केही कर्मचारी मोटो घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केहीलाई पक्राउ परेको बताएका छन् । व्यक्तिको नाम, बरामद रकमलगायतका विषयमा मुचुल्का हुँदै गरेको भन्दै उनले केहीबेरमा विस्तृत विवरण सार्वजनिक गरिने बताए ।
घुस लेनदेनको सूचनाको आधारमा अख्तियारको टोली प्रहरी लिएर पुगेको थियो ।