कांग्रेस महामन्त्री पदमा शंकर तिवारीको उम्मेदवारी घोषणा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । युवा विश्लेषकको रुपमा आफूलाई स्थापित गराएका उनले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

वैचारिक आधार बोकेर महामन्त्रीको उम्मदेवारी दिन लागेको उनको भनाइ थियो । उनी नवलपुर–२ बाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।

तिवारी १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए ।

सम्बन्धित समाचार