0
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ९०० र सोही परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।
गत शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ९४ हजार ८०० र एक तोला चाँदीको मूल्य चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।