कांग्रेस महाधिवेशनः सोमबार उम्मेदवारको मनोनयन दर्ता हुने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कडुवालले जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीको उम्मेदवारी प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने भएको छ । विभिन्न पदका आकाङ्क्षीले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

सम्बन्धित समाचार