0
Shares
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घन्टीघरमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख र उपप्रमुख मनोनयनका विषयमा छलफल हुनेछ ।
यस्तै, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।