आज मनसुनीसँगै पश्चिमी वायुको प्रभाव कायमैः यी तीन प्रदेशमा वर्षाको सम्भावना

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै देशभरका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

वर्षाको सम्भावनाबारे जानकारी दिँदै महाशाखाले दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने जनाएको छ ।

साथै मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा हुन सक्नेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार