कांग्रेस महाधिवेशन आजदेखि सुरु, यस्तो छ कार्यतालिका

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन हुने भएको हो ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भोलि सोमबार र मंगलबार (१९–२० असोज) हुनेछ ।

निर्वाचन कार्यक्रमका लागि २१ र २२ गते हुने निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

काठमाडौँ, १७ असोज : नेपाली कांग्रेसको आइतबारदेखि टुँडिखेलको खुलामञ्चमा सुरु हुने १५औँ महाधिवेशनको उद्घाटनका लागि मुख्य मञ्च परिसरमा सहभागी र अतिथिका लागि कुर्सि राखिदैँ । तस्बिर : भीष्मराज ओझा/रासस

नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड समावेश गरिएको छ ।

महाधिवेशनमा करिब सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागिता रहने छन् । शनिबार खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताए ।

सम्बन्धित समाचार