0
Shares
सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् ।
आज दिउँसो गोडैता नगरपालिका १, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार छिमेकीको दाहसंस्कारमा सामेल साह नुहाउन खोलामा पसेपछि बेपत्ता भएका हुन् । लगातारको बर्सात्का कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन् ।
उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।