कांग्रेस महाधिवेशन प्रतिनिधिमा धादिङ–२ बाट युवा अश्विन दुवाडीको उम्मेदवारी

0 Shares

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ अन्तर्गत धादिङ क्षेत्र नं. २ बाट युवा नेता अश्विन दुवाडीले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

दुवाडीले आफूलाई ३५ वर्षमुनिका युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै कांग्रेसमा युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

उनको अभियानको मूल नारामा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, सबल कांग्रेस निर्माणको अभियान’ उल्लेख गरिएको छ। युवा पुस्तालाई पार्टीको निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा सहभागी गराउँदै संगठनलाई समयअनुकूल, गतिशील र सुदृढ बनाउने उनको लक्ष्य रहेको बताइएको छ।

धादिङ–२ का कांग्रेस कार्यकर्तामाझ युवा पुस्ताबाट प्रतिनिधित्वको विषय चर्चामा रहेका बेला दुवाडीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले पार्टीको परम्परा र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको सोच, ऊर्जा र प्रविधिमैत्री कार्यशैलीलाई कांग्रेसको संगठन निर्माणमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिको निर्वाचन नजिकिँदै गर्दा धादिङमा विभिन्न समूह तथा आकांक्षीहरूले आफ्नो पक्षमा समर्थन जुटाउने गतिविधि तीव्र बनाएका छन्।

सम्बन्धित समाचार