कांग्रेसको केन्द्रीय राजनीतिमा होमिँदै आश्विन दुवाडी

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा धादिङका युवा आश्विन दुवाडी पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन्।

धादिङको ज्वालामुखी गाउँपालिका–४ का दुवाडी सानै उमेरदेखि राजनीति तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। आगामी महाधिवेशनमार्फत कांग्रेसको केन्द्रीय तहमा आफ्नो उपस्थिति जनाउने तयारीमा उनी जुटेका हुन्।

विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा आबद्ध दुवाडीले २०८१ चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सचिव पदमा उम्मेदवारी दिएका थिए।

त्यस्तै, २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुने उनी नेपाली कांग्रेसका सबैभन्दा कम उमेरका व्यक्तिमध्ये एक हुन्

सम्बन्धित समाचार