0
Shares
चितवन । नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता रहेकामा एक हजार २३२ जनाले मतदान गरेका थिए ।
विजयी न्यौपानेले ६६० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी ज्योतिप्रसाद कँडेलले ४१३ मत प्राप्त गरे ।